धिरेन्द्र तिवारी

कलैया,नेकपा एकिकृत समाजवादी पार्टीको क्षेत्र ३ का अध्यक्ष क्षेत्रीय अध्यक्ष ईश्वर ढकालको अध्यक्षतामा बाराको कालैयास्थित पार्टी कार्यालयमा बिहीवार बैठक सम्पन्न भएको छ ।

बैठकले आउदो मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव बारे लगायत सगठन सम्बन्धि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यतर्फ हिमाल खरेल, उसमान अन्सारी, रबिन्द्र साह र प्रदेश सभा क तर्फ ध्रुब यादव, चमिना भट्टराई, बिक्रम राम, बिरेन्द्र यादव र ख तर्फ ईमरान आलम, सुरेश मोदक, बैजनाथ साह लगायतको नाम बैठकले सिपारिस गरेको छ ।

त्यस्तै भदौ १० गते क्षेत्र नम्बर ३ क को संगठन विस्तारका लागि बैठक गर्ने र ख को लागि ५ र ८ गते बैठक राख्ने बैठकबाट निर्णय भएको जिल्ला सदस्य ईमरान आलमले जानकारी गराउनुभयो ।

बैठकमा बारा जिल्ला सहईन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश राई, हिमाल खरेल जिल्ला उपाध्यक्ष बिजेन्द्र चौधरी लगायका नेता कार्यकर्ताहरुको उपस्थिति थियोे ।

 

Leave a Reply