कलैया,मदिरा सेवन गरेर विद्यालयका प्रधानाध्यापक र शिक्षकसँग दुव्र्यवहार गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वृजकिशोर कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएर केहीबेर पछि छोडेको छ ।वडा अध्यक्ष कुशवाहले मदिरा सेवन गरेर राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाका प्रधानाध्यापक र शिक्षकलाई दुव्र्यवहार गर्दै कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएर छलफलपछि छोडिएको बारा प्रहरीले जनाएको छ ।मङ्गलबार बिहान कुशवाह मदिरा सेवन गरेर विद्यालय पुगेका थिए । विद्यालयका प्रधानाध्यापक पवनकुमार सिंहका अनुसार त्यहाँ उनले शिक्षकहरुलाई गालि–गलौज गर्दै दुव्र्यवहार गर्नुका साथै कुटपिट पनि गरे ।विद्यालय भर्ना अभियानका निम्ति शिक्षकहरु जम्मा भइ सचेतनामूलक कार्यक्रमका लागि घरदैलोमा निक्सिन लाइन लागिरहेको बेला मदिरा सेवन गरेर आएका वडा अध्यक्ष कुशवाहले नसाको झोकमा आफूलगायत विद्यालयका अन्य शिक्षकसमेतलाई गाली–गलौज गर्दै हातपात गरेको प्रधानाध्यापक सिंहले जानकारी दिनुभयो । कुशवाहलाई पटकपटक सझाउँदा पनि नमानेपछि प्रहरीलाई खबर गरिएको उहाँले बताउनुभयो ।वडाअध्यक्ष कुशवाहले शिक्षकहरुसँग दुव्र्यवहार गरेको गुनासो आएपछि उनलाई नियन्त्रणमा लिएर दुबै पक्षबीच छलफलपछि छाडिएको बारा प्रहरीका प्रवक्त पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply