सरकारले पछिल्लो समय भ्रष्टचार बिरुद्धको विशेष अभियान संचालन गरेको बताएको छ ।बिगत एक महिनादेखिको सरकारको गतिविधि हेर्दा यस्तो लाग्छ सरकारले भ्रष्टचार बिरोधी अभियानलाई तीव्र पनि बनाउन खोज्दैछ । तर, सरकारले यो अभियान संचालन गरेपनि कही कतै सरकारले खुट्टा कमाउन थालेको हो कि भन्ने पनि देखिन्छ । शरणार्थी प्रकरणले मुर्त रुप लिन नपाउदै सरकारले ललिता निवासको फाइल खोलेको छ ।यसमा पनि केही ठूला भनिएका व्यक्तिहरुको संलग्नता रहेको विगतमा नै बताइएको हो र कतिपय कुरामा पुष्टि पनि भएको हो तर सरकारले यो फाइललाई पनि पूर्णता दिनेमा आशंका बढेको छ । सरकारले मुख्य व्यक्तिहरुलाई पक्राउ गर्ने विषयमा राजनीतिक सहमतिको नाउमा जोगाउने प्रयत्न गरेपछि सरकारको यो अभियानमा पनि आशंका उब्जिएको हो ।तैपनि सरकारले काम गरिरहेको हुनाले अहिले नै धेरै आशंका गर्ने त कुरा भएन यद्यपि सरकारले चलाएको यो अभियानलाई नागरिकहरुले साथ पनि दिन आवश्यक छ र खबरदारी पनि गर्न जरुरी छ । यो दुबै भएको खण्डमा मात्रै बल्ल भ्रष्टचार बिरुद्ध अभियानले मूर्त रुप लिनेछ ।

 

Leave a Reply