पुष्पराज खतिवडा
मनहर्वा,निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखकोे क्षमता अभिवृद्धि गर्न राष्ट्रिय सहकारी बैंक लिमिटेड सिमरा शाखाले आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको छ ।
सिमराको हेटल श्रेष्ठमा बिहीवारबाट शुरु भएको सो तालिम शुक्रवार सम्पन्न भएको हो ।सहारी संस्था संचालनमा ध्यान दिनु पर्ने कानुनी र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा २० वटा सहकारी संस्थालाई समेटेर तालिम संचालन गरिएको बैंकको सिमरा शाखा प्रमुख चन्द्रमणी भट्टराईले जानकारी दिनुभयो
दुई दिने तालिममा सहकारी बैंकका अधिकृत एवंम प्रशिक्षक राजकुमार बरालले सहजीकरण गर्नुभएको थियो । बैंकको सिमरा शाखा अन्तर्गत जीतपुरसिमरा उपमहानगरालिका र निजगढ नगरपालिकाभित्र संचालनमा रहेका कृषि एवंम बचत तथा ऋणको काम गर्दै आएका विभिन्न २० वटा सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरुको सहभागीता रहेको थियो ।
सहकारी संस्था संचालामा अध्यक्ष र व्यवस्थापन प्रमुमको भूमिका, संस्थाको आर्थिक सुधारका लागि आवश्यक रणनीति निर्माण, कर्जा लगानीका आधार र असुलीका उपाय, सहकारी ऐन २०७४ मा भएको व्यवस्था एवंम कार्यान्वयनमा गर्नुपर्ने कामका विषयमा तालिम दिइएको थियो ।
यस्तै वित्तीय विश्लेषण गर्ने तरिका र विश्लेषणको आवश्यकता, सदस्यको हितमा गर्न सकिने उपाय लगायतका विषयमा सहजीकरण गरिएको तालिममा सहभागी जीतपुरसिमरा उपमहागरपालिका वडा नम्बर १८ मा रहेको साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष नयनला खड्काले बताउनुभयो ।तालिममा सहभागीहरुलाई राष्टिय सहकारी बैंकका संचालक एवंम मधेस प्रदेश संयोजक विश्वनाथ मण्डलले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।तालिमको समापन सत्रलाई सम्बोध गर्दै प्रमुख अतिथि मण्डलले सहकारी बैंकले ऋण र बचतको मात्रै कारोबार नभएर सदस्य र संस्थाको विकासमा समेत प्राथमिकताकासाथ काम गर्नुपर्ने बताउनुभएको थियो ।














