कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ को जगलमा गोठालो गएकी एक जना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।पर्सा राष्ट्रिय निकुञ्जसंग सीमा जोडिएको ठोरी गाउँपालिका वडा नम्बर १ आठघरे की ५४ बर्षिय कान्छा लामा दोङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक टैट पण्डितले जानकारी दिनुभयो ।घर नजिकै रहेको मध्यवर्ति सामुदायिक वन क्षेत्रको जंगलमा गाईबस्तु चराउन गएको बेला बुधवार दिउँसो ४ बजे बाघले आक्रमण गरेर दोङको ज्यान गएको प्रहरीले बताएको छ ।दोङको शव पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।ठोरी गाउँपालिकामा यसअघि पनि बाघले आक्रमण गरेर सर्वसाधारणको ज्यान लिदैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here