अहिले नेपालमा भ्रष्टचार बिरुद्धको विषयले निकै चर्चा पाएको छ । सरकारले भुटानी शरणार्थीका विषयमा केही ठूला भनिएकाहरुलाई पक्राउ गरेपछि यो विषय तातेको हो । नेपालका नागरिकहरुले सरकारको यो कदमको समर्थन गरेका छन् तर नागरिकहरुको यसमा सर्त पनि छ । माओवादी नेतृत्वको सरकारले यो अभियान संचालन गरिरहदा माओवादीबाट भएका भ्रष्टचारको पनि छानबिनको भने माग उठेको छ । त्यसो अहिलेका लागि भने प्रचण्डप्रति नागरिहरुको सदासयता नै छ ।यसैबीचमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादीका पूर्वनेता एवम् पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले नागरिक अगुवाको नाममा भएको आन्दोलनमा साथ दिँदै प्रर्दशन गरेको देखियो । उनले सो क्रममा जे बोले त्यो सत्य पनि होला यद्यपि बावुराम भट्टराई आफै भ्रष्टचारीलाई कारबाही हुनुपर्छ भन्दा पनि सरकारलाई सहयोग गर्ने व्यक्तिको रुपमा पर्दछन् । उनीमाथि पनि विभिन्न काण्डहरु तेर्सिने गरेका छन् ।भोलि आफूमाथि पनि औंला उठाइन्छ कि भनेर भट्टराईले यो कदम चालेको आभास धेरैले गरेका छन् । भ्रष्टचारको बिरुद्धमा सडकमा ओर्लिएर उनले दूधको साक्षी बिरालो भन्ने उखान चरिचार्थ गरेको आरोप समेत लाग्ने गरेको देखिन्छ । अलिक वर्ष अगाडिसम्म प्रचण्ड र माओवादी एकैठाउमा र लामो समयसंगै रहेकाले पनि भट्टराईका विषयमा पनि नेपाली नागरिकहरुले प्रश्न उठाउने छन् । त्यसैले उनले आफूमाथि लागेको अरोप स्पष्ट नपारेसम्म यो अभियानमा लाग्नु भनेको दुधको साक्षी बिरालो नै बन्नु हो ।
















