वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले ८५ लाखभन्दा बढीको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर चोकबाट प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको ना.६ ख ५५१ नम्बरको मालबाहक ट्रकबाट ८५ लाख ७० हजार २४० रुपैयाँ बराबरको खुद्रा तथा औषधीहरु बरामद गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभएको छ । उहाँकाअनुसार बिलबिजकभन्दा बढीको सामानसहित नियन्त्रित ट्रकलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

त्यसैगरी पर्साले प्रहरी वीरगञ्ज १४ गण्डक चोकबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ् टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २६६६ नम्बरको सार्वजनिक बसलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभएको छ । उहाँकाअनुसार बसमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ निवासी २३ वर्षीय राज महमद देवानले सेतो बोराभित्र म्याटले फोल्ड गरेको ब्लाङ्केटभित्र कालो प्लाष्टिकमा लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध बरामद भएको हो ।देवानको साथबाट नुरफिन एक हजार १९५ पिस, डाइजेपाम १२ सय पिस, फेनारगन एक हजार १८५ पिस गरी जम्मा तीन हजार ५८० एम्पुल लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभएको छ ।

Leave a Reply