पुष्पराज खतिवडा

मनहर्वा,बारा प्रहरीले चोरीका १२ थान मोटरसाइकल सहित ७ जनालाई प्रक्राउ गरि बिहिवार सार्वजनिक गरेको छ । विभिन्न मितिमा बारा जिल्लाको भिन्दाभिन्दै स्थानहरुबाट चोरी भएका मोटरसाइकल चोरहरु समातिएका हुन् ।१२ वटा मोटरसाइकलसहित मोटरसइकल चोरी गर्ने गिरोहका ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा बस्ने हिरालाल वाईबाको छोरा वर्ष १९ को वीरध्वज वाईवा, सोही वडा बस्ने बाबुलाल बोम्जनको छोरा वर्ष १९ को सुदर्शन बोम्जन छन् ।यस्तै जिल्लाकै कलैया उपमहानगरपालिका वडा नम्बर २० मा बस्ने मदन महतोको छोरा वर्ष २० को दिपेन्द्रकुमार महतो, सोही ठाउँका जगरनाथ महतोको छोरा वर्ष १९ को राधेश्याम महतो र नवल किशोर साहको छोरा वर्ष २१ को सतेन्द्रकुमार गुप्तालाई नियन्त्रणमा लिइएको हो ।यसैगरी बारा महागढीमाई नगरपालिका वडा नम्बर ९ मा बस्ने सिकिन्दर महतोको छोरा वर्ष २० को राजिनन्द महतो र रौतहट चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर २ मा बस्ने नेत्रबहादुर भ्लोनको छोरा वर्ष २६ को पंचालाल भ्लोनलाई प्रहरीले मोटरसाईकल चोरीको आरोपमा विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो ।पक्राउ परेकाहरुलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी निरीक्षक जयकृष्णप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

Leave a Reply