दिपेन्द्र जयवाल
गन्जभवानीपुर,अभिभावकहरुको उपस्थिति न्यून भएपछि बाराको बारागढी गाउँपालिका वडा नम्बर ६ रहेको श्री गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालय गडहलमा सोमवारको लागि बोलाइको अभिभावक भेला स्थगीत भएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनको लागि दोस्रो पटक बोलाइएको भेला औपचारिक रुपमा शुरु गरेर पनि अभिभावकको संख्या कम भएकाले स्थगीत गरिएको हो ।

व्यवस्थापन समितिको समयावधि पूरा भएकोले भेलाबाट नयाँ समिति गठन गर्ने कार्यसूची राखिएको थियो । भेलामा अभिभावकहरुको संख्या न्यून रहेको र उपस्थित अभिभावकहरुले पनि गढीमाई मेलापछि मात्रै समिति गठन गर्न आग्रह गरेपछि अर्को पटक बोलाउने गरी भेला स्थगीत गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख जलमती चौधरीले बताउनुभयो । उहाँले गाउँपालिकाको शिक्षा ऐन र नियमावलीले तेस्रो पटकको भेलामा पनि आवश्यक संख्या उपस्थित नभएको अवस्थामा सम्बन्धित वडाका वडा अध्यक्षले अभिभावकहरु मध्ये एकजनालाई समितिको अध्यक्षमा चयन गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।प्रधानध्यापक बालेश्वरप्रसाद यादवको अध्यक्षतामा भएको सो भेलामा वडा अध्यक्ष निरजकुमार साह, वडा सदस्य कैलाश राउत अहिर, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुमोद सहनी विद्यालयका अभिभावक, शिक्षक, शिक्षाप्रेमी, चन्दादाता, बुद्धिजीवी, समाजसेवी र स्थानीय संञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
भेला कार्यक्रमको संञ्चालन विद्यालयका शिक्षक मुकेश चौधरीले गर्नुभएको थियो ।

Leave a Reply