हुनत तत्कालिन सरकारले नेपाललाई सन् २०२० लाई पर्यटन वर्ष पनि घोषणा गरेको थियो तर त्यो सफल हुन सकेन । पर्यटन शब्द आफैमा महत्वपूर्ण र ओझिलो शव्द छ । यसबाट हरेक नागरिकहरुले आफ्नो आम्दानी बढाउन सक्ने अवस्था रहन्छ भने घुमफिरबाट मानिसकहरुको धेरै चाहना पनि पूरा हुन्छ । घुमफिर आफैमा महत्वपूर्ण र अति आवश्यक रहेको समेत बिश्लेषकहरुको तर्क हुदै आएको छ । बिकसित देशहरुमा घुम्ने समय समेत छुट्याइएको हुन्छ र सरकारले यसको वातावरण समेत बनाइ दिएको हुन्छ ।

नेपालमा जे भएपनि पछिल्ल्ला दिनमा घुम्ने परिपाटीको बिकास हुदै गइरहेको छ । यसले नेपालको आन्तरिक आम्दानी बढाउने पनि छ र स्थानीय स्तरका बिभिन्न बस्तुहरुको समेत प्रचार हुने गर्दछ । बाराको निजगढमा रहेको शहिद हिरालाल पार्क समेत पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ ।

हिरालाल पार्कले निजगढको समग्र बिकासका लागि फाइदा गर्ने छ । निजगढको आय बिकासमा पनि धेरै टेवा पुग्नेछ । यस्ता पर्यटनकीय स्थलहरुको बिकास र बिस्तारका लागि स्थानीय स्तरमा समेत पहल हुन आवश्यक छ र स्थानीय सरकारहरुले पनि नीति बनाउन आवश्यक छ । स्थानीय सरकारहरुकै काँधमा यसको जिम्मेवारी आएको हुनाले यस्ता स्थानहरुको प्रवद्र्धन गर्न जरुरी छ ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here