मनोज शाह
जीतपुर,बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको तरकारी बजारमा आगलागी भएको छ।बजारका तीनवटा तरकारी पसलमा आगलागी भएको हो। आगलागीबाटपसलमा राखिएको ४ लाख मूल्य बराबरको अदुवा, भान्टा, कोभी, कागती,खुर्सानी, चुकुन्दर, लसुन र बेसार जस्ता तरकारी र मसलाजन्य समाग्रीहरु नष्ट भएको स्थानीय व्यापारीले बताएका छन् ।रातिको समयमा भएको आगलागी नियन्त्रणको लागि स्थानीय प्रहरीलाई जानकारी गराउँदा समयमै प्रहरी नआउको पीडित व्यापारीहरुले गुनासो गरेका छन । व्यापारीहरुका अनुसार व्यक्तिगत रिसिबीमा कसैले पसलमा आएर आगो लगाएको बताइएको छ ।


















