oplus_2

निजगढ,बाराको निजगढस्थित गौरीशंकर क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वयुले बुधवार उम्मेदवारी घोषणा तथा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।क्याम्पसमा आगामी चैत्र ५ गते पहिलोपटक हुनलागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीले आफ्नो प्यानलका उम्मेदवारहरुको घोषणा र होली पर्वको शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा अनेरास्ववियुबाट स्ववियुमा सभापति पदका उम्मेदवार बालकृष्ण हुमागाईले आफूहरु विजयी भएपछि क्याम्पसमा १२ घण्टासम्म व्यवस्थित पुस्तकालय सन्चालन, विद्यार्थीलाई पायक पर्ने समयमा कम्प्युटर सिक्ने व्यवस्था र क्याम्पसका छात्राहरुलाई निः शुल्क सेनेटरी प्याड तथा क्यान्टीन सुविधालगायत विद्यार्थी हकहित र क्याम्पसको प्रगतिको लागि पहल गर्ने बताउनुभयो ।

नेकपा एमाले निजगढ नगर कमिटी ईन्चार्ज एवम निजगढ नगरपालिकाकी पूर्वनगर उपप्रमुख लिलादेवी लामिछाने खनालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी बाराका जिल्ला अध्यक्ष थानेश्वर सापकोटा, नेकपा एमाले निजगढ नगर कमिटीका सहसचिव थानेश्वर सापकोटा (अविरल), नगर कमिटी विद्यार्थी ईन्चार्ज रोशन तिमल्सिना, युवा ईन्चार्ज जयराम कुवर, अनेरास्ववियु बारा जिल्ला सचिव हरी लामा, क्याम्पसका विद्यार्थी नसुद हवारीलगायतले होली पर्वको शुभकामना मनतव्य व्यक्त गर्दै स्ववियु निर्वाचनमा अखिलका उम्मेदवारहरुलाई विजयको लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको अध्यक्षता क्याम्पस कमिटीका अध्यक्ष एवम स्ववियु सभापतिका उम्मेदवार हुमागाईले गर्नुभएको थियो भने संचालन प्रारम्भिक कमिटीका सचीव किसन खड्काले गर्नुभएको थियो । कार्यक्रममा सहभागी विद्यार्थी र एमालेका नेता कार्यकर्ताहरुले एकआपसमा रङ्ग दलेर खुशी साटासाट गरेका थिए ।

Leave a Reply