आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकास्थित ईलाका प्रहरी कार्यालयले विभिन्न समय र मितिमा नियन्त्रणमा लिएको विष्फोटक पदार्थ (पटाका) नष्ट गरेको छ । भारतबाट लुकाई छिपाई नेपाल भित्र्याएको बिस्फोटक पदार्थ (पटाका) प्रहरीले मंगलवार नष्ट गरेको हो ।इलाका प्रहरी कार्यालय अन्तर्गतका खजानी र बसवरिया नाकाबाट नेपाल भित्र्याइदै गरेको अवस्थामा प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा गस्तीमा रहेको टोलीले विभिन्न मितिमा बरामद गरेको डेढ लाख रुपैया बराबरको बिस्फोटक पदार्थ नष्ट गरिएको हो । उक्त पटाकाहरुलाई थानाको प्राङ्गणमा खाल्डो खनी पुरेर नष्ट पारिएको हो ।
सो अवसरमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष नन्दकिशोर सञ्चारकर्मी रामेश्वर मेहता, उद्योग वाणिज्य संघ सिम्रौनगढका सचिव हरेन्द्र महतोलगायतको उपस्थिति रहेको थियो ।

















