कृष्ण मोहन साह

सेढवा- प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर शुक्रबारबाट जगरनाथपुर गाउँपालिकामा सुरु भएको छ । जगरनाथपुर गाउँपालिकाको प्रांगनमा शिविर राखिएको थियो । जगरनाथपुर गाउँपालीकाका अध्यक्ष जालीम मिया र बिश्मीलाह खातुनले संयुक्त रूपमा दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरेका थिए ।

 

 

 

राष्ट्रिय गानको साथ सुरु भएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूको समझनामा एक मिनेटको लागि मौन धारण गरिएको थियोे । सो कार्यक्रममा पहिलो दिन लगभग २ सय सात  जना छोरीको बिमा गरिएको थियो । २०७५ माघ १ गते पछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो ।

 

 

 

बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाख र गाउँपालीकाबाट पनि ३ लाख गरि जम्मा ६ लाखको पर्ने प्रिमियम जम्मा गर्नेछ । भने सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ ।

 

 

 

सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । कार्यक्रम साता ब्यपी रहने जगरनाथपुर गाउँपालीका वडा नम्बर १ का अध्यक्ष मगरु राउत गदीले बताउनुभयाे ।गाउँपालिका उप प्रमुख बीश्मिलहा खातुनको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मगरु राउत गदी , वडा नम्बर २ का वडाध्यक्ष प्रभु साह , वाड नम्बर ३ का वडाध्यक्ष नगिना राउत , वडा नम्बर ४ क अध्यक्ष प्रभुनाथ कुर्मी , वडा नम्बर ५ का बिहारी प्रसाद नुनिया र वडा नम्बर ६ का वडा अध्यक्ष राम अयोध्या पटेल लगायतकाे सहभागीता रहेकाे थियाे । 

 

 

 

 

त्यसैगरी सबै वडाका वडा सचिव प्रभु बैंकका प्रतिनिधी , बेटी पढाऊ बेटी बचाउ अभियान पर्साका प्रतिनिधि जगरनाथपुर गापाका शिक्षक संघका अध्यक्ष नरेश महतो कोइरी, नेपाली काङ्ग्रेस समजसेबि सहरुम गदी युवा नेता सरिफ गदी , सामाजसेवि नसिरुदिन अन्सारी सहित वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि भद्रभलादमीको सहभागीता रहेको थियो ।

 

 

 

 

सो कार्यक्रमको स्वागतमन्तब्य युवा नेता सरिफ गदीले गर्नु भएको थियो । बिमा शिविरमा बालिकाहरूको लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो । कार्यक्रमको संचालन अर्मेन्द्र साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here