वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको चार लाख रुपैयाँसहित वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विरेन्द्र कलवारलाई पक्राउ गरेको जनाएको छ ।कलवारलाई सो रकमसहित वीरगञ्जको घण्टाघरबाट प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जनाउनुभयो । उनको साथबाट पाँच सय र एक हजार दरका स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका कलवारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।कलवारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।



















