वीरगञ्ज,पर्सामा साझेदारी वन क्षेत्रभित्र लगाईएको प्रतिबन्धित गाँजा खेती फडानी गरि नष्ट गरिएको छ ।न्दवासनीकोइलाभार साझेदारी वन क्षेत्रभित्र पर्ने सखुवा प्रसौनी गाउँपालिका– १ को बडनिहार र कोइलाभारसहित १७ स्थानमा पाँच बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरि नष्ट गरेको हो ।नेपाल प्रहरी र सश्स्त्र प्रहरीको सयुक्त टोलीले करिब ३५ हजार गाँजाको बोट फडानी गरि नष्ट गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।

यसैगरी जिल्लाको पर्सागढी नगपालिका वडा नम्बर १ गुलरिया र वडा नम्बर ३ झबराहामा १३ स्थानका दुई बिगाहा क्षेत्रफलमा लगाइएको १५ हजार गाँजाको बोट ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले फडानी गरि नष्ट गरेको छ । चार वर्षअघि डिभिजन बन कार्यालय पर्साले सो क्षेत्रको अतिक्रमण हटाएर तार बारसहित करिब ४० हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरेको थियो ।सोही वृक्षारोपण क्षेत्रमा अहिले स्थानीयले व्यापकरुपमा गाँजा र अन्य खेती गर्दैआएका छन । वन कार्यालयले गरेको वृक्षारोपण फडानी गरेर स्थानीयले आवादी गरेका हुन । गाँजा खेतीगरिएको क्षेत्रमा अहिले एउटा पनि बिरुवा बाँकी छैन । वन क्षेत्रभित्र ब्यापकरुपमा गाँजा र अन्य खेती गरिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय पर्सा र बिन्दबासिनी कोईलाभार साझेदारी वन समितिले गाँजा फडानी अभियान चलाएको छ ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदका अनुसार वन क्षेत्रभित्र कसले गाँजा खेती गरेको हो भन्ने बारेमा पहिचान गर्न अनुसनधान भइरहेको र सो कार्यमा संलग्न रहेकाहरुमाथि कानुनी कारबाही गरिने बताउनुभयो ।वन क्षेत्रभित्र विरुवा फडानी गरि खेती गरेकोमा वन ऐन अन्तर्गत र अबैध लागू औषध गाँजा खेतीकसूरमा दुबै कारबाही हुने उहाँले बताउनुभयो ।साथै उहाँले गाँजा फडानी गरिएको वन क्षेत्रमा पुनःवृक्षारोपण गरिने पनि बताउनुभयो । बिन्दबासिनी कोईलाभार साझेदारी वन समितिका अध्यक्ष रिजवानुल हकले पनि वन क्षेत्रभित्र अबैध कार्य गर्ने कसैलाई पनि नछाडिने बताउनुभयो । वन क्षेत्रभित्र लगाइएकोे गाँजा खेती नष्ट गरेर छाडिने पनि उहाँले बताउनुभयो ।



















