राजन कुमार बानिया

पोखरिया,पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वडा नं २ जानकिटोलाको गण्डक नहरमा बुधबार एक महिलाको शव फेला परेको छ ।गण्डक नहरमा महिलाको शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको र घटनास्थलमा ईलाका प्रहरी कार्यालय जानकिटोलाका वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक बस्नेतको टोलीले शवलाई नियन्त्रण लिएको थियो ।शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले जानकारी दिनुभएको छ ।गण्डक नहरमा बगेर आएको करिब ३७ वर्षिय महिला भारतीय हुन सक्ने अनुमान गरिएको छ । बरामद शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल साहले बताउनुभयो ।

Leave a Reply