कलैया,नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा जानुभएका संविधान सभाका सदस्य शिवचन्द्र कुशवाहसहित ५ दर्जन नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार बनेका कुशावाहले अध्यक्ष राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समय अघिदेखि स्वतन्त्र बस्दैआउनु भएको थियो ।कुशवाह बिहीवार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गर्नुभयो ।कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले आफू पनि जनयुद्ध अगाडि एमालेमा नै रहेकाले ३० वर्षपछि घर फर्किएको उहाँले बताउनुभयो ।कुशवाह २०६४ सालमा बारा २ बाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत रहनुभएको थियो ।कुशावाह उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित हुनुभएको थियो । निर्वाचनपछि केहीसमय जनमत पार्टीमा रहे पनि सीके राउतसँग असहमति बढेपछि उहाँ सो पार्टीबाट अलग्गिनुभएको थियो ।एमालेमा प्रवेश गर्दै कुशवाहले आफू बारामा एमालेकै राजनीति गरेर आएकाले पूरानै घर सहज भएको र बारामात्र नभएर मधेसमा एमालेलाई पहिलो शक्तिबाट बहुमतमा लैजान पहल गर्ने बताउनुभयो । उहाँसंगै ५४ जना मधेसका नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेकाछन ।कार्यक्रममा नेकपा माओवादी केन्द्र महागढिमाई नगरपालिकाको अध्यक्ष तथा अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष सचिन कुशवाह पनि नेकपा एमाले पार्टीमा प्रवेश गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here