पुष्पराज खतिवडा
बारा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले पालिकाका सबै सहकारी संस्थालाई परिपत्र गरेर सहकारी संस्थाबाट ऋण लिएर नतिर्नेको ऋणीहरुको धितो लिलाम गर्न निर्देशन दिएको छ ।उपमहानगरपालिकाकाले सहकारी नियमावली २०७४ अनुसार ऋण तिर्न आलटाल गर्नेहरुको नामनासहित कालोसूची प्रकाशित गर्न पनि निर्देशन दिएको छ ।

सहकारी ऐन २०७४, नियमावली ०७५ र जीतपुरसिमरा उपमहानागरपालिका सहकारी ऐन २०७५ को परिच्छेदहरु नै उल्लेख गरी ऐनमा भएको व्यवस्था समेत खुलाई ऋण असुल गर्न पत्रमा भनिएको छ । पत्रमा भनिएको छ, ‘उल्लेखित कानुनका परिच्छेद र दफाहरुमा भएको व्यवस्थाहरु अपनाइ भाखा नाघिसक्दा पनि साँवा, ब्याज नतिर्ने ऋणीसँग कानुन अनुसार ऋण असुल उपर गर्न यस पालिका सहकारी संस्थाहरुलाई अनुरोध गर्दछ ।’सहकारीबाट ऋण लिएर नतिर्ने प्रवृत्ति बढेको गुनासोप्रति भम्भीर ध्यानाकर्षण भएको जनाउँदै पालिकाले सहकारीहरुलाई ऋण असुलीका लागि कडा निर्देशन गरेकोे हो ।

‘कानुनी प्रावधानको बेवास्था गरि समयमै ऋण नतिर्ने ऋणीहरुको विवरण सहकारी नियमावलीको ३८ बमोजिम नाम नामेशीसहित कालोसूची प्रकाशित गर्न यस उपमहानगर पालिका सबै सहकारी संस्थाहरुलाई निर्देशिन गर्दछ,’ पत्रमा अगाडि भनिएको छ ।यही माघ २३ गतेसातौं तहका अधिकृतको हस्ताक्षरमा सहकारी संस्थाहरुमा पठाइएको पत्रमा ऋण असुलीमा कडाइ गर्न उपमहानगरपालिकाले आग्रह गरेको हो ।उपमहानगर पालिकाको परिपत्रले सहकारी संस्थाका संचालकहरुलाई हौसल्ला मिलेको र खराब ऋणीहरुमा डर पैदा भएको जीतपुरसिमरा– ४ औराहा स्थित घण्टिमाई साकोसकी अध्यक्ष कोपिला सिंखडाले बताउनुभयो । उपमहानगरपालिकाको पत्रपछि खराब कर्जा असुलीमा सहयोग पुग्ने उहाँको भनाई छ ।

Leave a Reply