कलैया,जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको नयाँ जिल्ला समितिको घोषणा गरेको छ।अजय पटेलको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरिएको छ। जसपाका सह–महासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समितिको घोषणा गरिएको हो। कार्यक्रममा जसपाका केन्द्रीय सदस्यहरू राजेशमान सिंह, मोहन चौधरीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।



















