हेटौडा,मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका वडा नम्बर ४ स्थित सिमभन्ज्याङमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा गाढिएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० नम्बर निवासी दिनेश डङ्गोलले आफ्ना हजुरबुबा, हजुरआमा र मातापिताको नाममा झण्डा तोलन गर्नुभएको छ ।
कार्यक्रम ऋषेश्वर टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र थोकरको सभाध्यक्षता एवम् थाहा नगरपालिकाका प्रमुख प्रमुख विष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको हो ।कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपाली, ४ नम्बर वडा अध्यक्ष नारायण लामा, थाहा नगरका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, रोजगार संयोजक कुमार नेगी, नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, माओवादी केन्द्रका नगर अध्यक्ष बिनोदकुमार लामा, झण्डोत्तोलन योजनाकार दिनेश डङ्गोल लगायतकाको आतिथ्यता रहेको थियो ।डङ्गोलले गत आर्थिक वर्षमा पनि हेटौंडा वडा नम्बर १० स्थित हेटौंडा बसपार्कमा झण्डोत्तोलन कार्यक्रम गर्नुभएको थियो ।



















