निजगढ,गौरीशंकर क्याम्पस निजगढको १७औ वार्षिक उत्सव तथा क्याम्पस सभा सोमवार सम्पन्न भएको छ ।
निजगढ नगरपालिका वडा नम्बरं ९ स्थित गौरीशंकर क्याम्पसको सोमवार एक कार्यक्रमको बीच वार्षिक उत्सव सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले निजगढ शैक्षिक हवको रुपमा रहेको र शैक्षिक क्षेत्रमा निजगढले ठूलो फड्को मारेको बताउनुभयो ।कार्यक्रमको बिशिष्ठ अतिथिमा मधेस प्रदेशसभा सदस्य मिना लामा, जिल्ला समन्वय समितिकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, क्याम्पसका क्युइइ विषेशज्ञ डा अन्जय मिक्ष रहनु भएको थियो ।त्यस्तै कार्यक्रममा निजगढ नगरपालिकाका नगर कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष लगायत समाजसेवीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पसको बार्षिक प्रगति विवरण लेखापाल दिपक श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सागर दहाल र बालकुमारी सिंजालीले संयुक्त रुपमा गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए भने उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।



















