नेपालमा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री पदमा रहनु भएको छ । उहाँ विगत करिब एक वर्षदेखि यो देशको कार्यकारी पद अथवा प्रधानमन्त्री पदमा रहनुभएको छ । उहाँले बोल्ने विषयहरु निकै विवादित बन्ने गर्दछन् । त्यसो त नेपालमा यो पदमा पुग्ने जो कोही पनि बोल्ने बिषयमा सचेत नहुँदा विवादिलत नै हुने गर्दछन् । ठाउँ अनुसारको कुरा गर्ने नेपाली नेताहरुको बानी रहेको छ ।

शनिवार मात्रै मधेसमा झर्नुभएका प्रधानमन्त्री प्रचण्डले मधेसको विकासका लागि आफू जे पनि गर्न तयार रहेको र अबको बजेट मधेसमैत्री बनाउने कुरा गर्नु भएको छ । उहाँको यो भनाईलाई तत्काल नै पत्याइहाल्नु पर्ने अवस्था भने छैन । किनभने प्रधानमन्त्री त देशको व्यक्ति हो, जसले देशको सबै भूगोल र जनताको अवस्था हेरेर नीति बनाउनुपर्छ तर प्रचण्डले त ठाउँको ठाउँ क्षणिक नीति बनाउने गर्नुहुन्छ जुन कार्यान्वयन नै हुदैन ।

यसरी हचुवाको भरमा गरिने कुराको कुनै अर्थ नै छैन । बरु मधेसलाई दिन के सकिन्छ त्यस विषयमा नीति बनाएको भए चैं ठीक हुने थियो । प्रधानमन्त्रीले त सबै जात, वर्ग अनि समुदाय तथा भूगोलका आधारमा नीति बनाउने हो । सबै विषयमा मधेस पछाडि पनि छैन । मधेसभन्दा पछाडि अरु ठाउँ पनि छन तर सरकारका प्रधानमन्त्रीले यसरी हलुका रुपमा गरेको भाषण जनताले कसरी पत्याउने ?

Leave a Reply