अहिले कोरोनाको महामारीले सबैलाई आक्रान्त बनाएको छ । यस्तो अवस्थामा सबैलाई समस्या परेकै छ । अनि यस्तो समस्याको बेलामा पनि नागरिकहरुमाथि झनै समस्या सृजना गर्नु अर्को अपराध हो तर नेपालमा अहिले कतिपयले यो बेलामा कमाउने धन्दाको रुपमा समेत लिएका छन् । वीरगन्जको सवालमा कुरा गर्दा यहाँका केही निजी अस्पतालले जथाभावी शुल्क लिएर नागरिकहरुको ढाड सेक्ने काम गरेको कुरा आएको छ ।

वीरगन्ज महानगरपालिकाले यसै बिषयलाई केन्द्रित गरेर एक बिज्ञप्ति पनि जारी गरेको छ । जसले वीरगन्जका अस्पतालहरुको अनुगमन गर्ने बताएको छ । स्थानीय सरकारले कडा चेतावनी दिएको छ । निजी अस्पतालहरुले पनि यो महाहारीको समयमा सहयोग गरेका छन् । उपचार गरेर नागरिकहरुलाई बचाइ रहेका छन् ।

यो सत्य कुरा हो र यस अर्थमा उनीहरुको कामको प्रशंसा पनि गर्नुपर्दछ तर जथाभावी शुल्क लिएका कारण केही निजी अस्पताहरु बद्नाम पनि भएका छन् । निजी अस्पताहरुका कारण राम्रो काम गर्ने अन्य केही अस्पतालहरु पनि घाँनमा परेका छन् । त्यसैले पनि सबै निजी अस्पतालहरुले गलत गरेका छैनन् तर जसले गरेका छन् उनीहरुलाई कारवाही गर्नुपर्छ र यसको अनुगमन होस् सबैले यही चाहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here