कलैया,राजावादीहरुको सक्रियता बढेको भन्दै नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई÷मधेस जागरण अभियान स्थगित गरेको छ ।झापाको कचनकबलबाट फागुन १२ देखि शुरू भएको जागरण अभियान रौतहट आइपुगेपछि शनिवारबाट स्थगित गरिएको हो ।शनिवार अभियान अन्तर्गत माओवादी नेताहरुको बाराको सिम्रौनगढ नगरपालिका प्रवेश गर्ने कार्यक्रम थियो । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखिएपछि त्यसको प्रतिवाद गर्न अभियान स्थगित गरेको माओवादीका नेताहरुले बताएका छन् ।

Leave a Reply