राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकाका नव नियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत संजयप्रसाद यादवले कार्यभार समाल्नु भएको छ ।सोमवार कार्यभार समाल्नु भएका प्रशासकीय अधिकृत यादवसँग गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत तथा परिचयात्मक कार्यक्रम सम्मन्न गरेका छन् ।
गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक तथा स्वागत कार्यक्रममा अध्यक्ष मदनप्रसाद चौहान लगायत जनप्रतिनिधि र कर्मचारीहरुले यादवलाई फूलमाला अबिरसहित डायरी कलम दिएर स्वागत गरेका थिए ।निमित प्रमुख प्रशासकीय अधिकृत यादवले विगत ७ वर्षदेखि गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी समाल्दै आउनुभएको थियो । गाउँपालिकाको कार्यभार समाल्दै यादवले गाउँपालिकाको काम कारबाही नियमसंगत अघि बढने तथा विकासले गति लिनेमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।
यादवले भन्नुभयो, ‘गाउँपालिकाको अवस्थासँग म राम्रोसँग परिचित छु । यहाँ धेरै नै समस्या छन । तर अब विगतको जस्तो कमिकमजोरी हुँदैन ।’जनप्रतिनिधि र कर्मचारीहरुको साथ र सहयोगबाट गाउँपालिकाको विकास र जनताहरुको कामकाज सहज र छिटो तथा छरितो हुने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष चौहानले जनताले जिताएर जनप्रतिनिधि बनाएकाले जनताको काम गर्नु आफूहरुको दाहित्व भएको बताउनुभयो ।
चुनावको समयमा जनतालाई दिएको बाचा पुरा गर्नुपर्ने भन्दै उहाँले सानोतिनो कुरामा विवाद उत्पन्न गरेर बसेको खण्डमा विकास कार्यमा बाधा पुग्ने बताउनुभयो ।कार्यक्रममा उपाध्यक्ष मन्जु देबी पटेल, वडा अध्यक्ष बन्धु साह तेली, राजकिसोर पटेल, मनाउर मियाँ, अबास मियाँ, नेपाली कांग्रेसका नेता श्यामकिसोर पटेल, कार्यपालिका दिनेशप्रसाद कलवार, सदस्य मदन सहनी, कमल ठाकुर, प्रअ जितेन्द्र राम, योजना शाखा प्रमुख पपु पटेल, जिन्सी प्रमुख प्रदिप पटेल, पशु शाखा प्रमुख केसराज कुर्मी, कृषि शाखा प्रमुख रबिन्द्र शर्मा, ईन्जिनियर रबिभुषन पटेल, शिक्षा शाखा प्रमुख बृजकिसोर त्रिपाठीलगायत महिला सदस्य, गाउँपालिका सदस्य, कर्मचारीको उपस्थिति थियो ।


















