नरेश गुप्ता–

बरियारपुर, २८ कार्तिक– स्वास्थ्यकर्मी भर्नामा अनियमिता गरेको आरोप खेप्दै आएका कलैया उपमहानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद वर्णवाल र स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जैसवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

 

पिसिआर जाँच गर्ने मेसिन संचालन गर्ने स्वास्थ्यकर्मी भर्ना गर्ने क्रममा उम्मेदवारहरुसंग रकम असुलेर नाम प्रकाशन गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत वर्णवाल र स्वास्थ्य शाखा प्रमुख जैसवालविरुद्ध महागढीमाई नगरपालिका वडा नम्बर– १ का मनिषकुमार गुप्ताले बिहिवार अख्तियारको क्षेत्रीय कार्यालय हेटौडामा हुलाक कार्यालयमार्फत उजुरी दर्ता गराउनु भएको हो । गुप्ताले प्रमुख प्रशासकिय अधिकृत वर्णवाल र स्वास्थ शाखा प्रमुख जैसवालको मिलोमतोमा आर्थिक चलखेल गरि अयोग्यलाई नियुक्ति गरिएको भन्दै छानविन गरी कारवाहीको लागि माग गर्नुभएको छ ।

जिल्लाका अन्य पालिकाबाटसमेत रकम संकलन गरेर खरिद गरिएको पिसिआर परीक्षण मेसिन संचालनको लागि २ जना माइक्रोबाईलोजिष्ट, २ जना ल्याब टेक्निसियनमा र २ जना ल्याब असिस्टेन्ट नियुक्तिको लागि नगरपालिकाले २ महिनाअघि लिएको परीक्षाको गत बुधबारमात्र परीक्षफल सार्वजनिक गरेको थियो ।

नगर प्रमुख राजेश राय यादवसहितको मिलिमतोमा गत असोज ६ गतेको लागि पहिलो पटक निर्धारण भएको लिखित परीक्षा आर्थिक चलखेलका कारण स्थागित गरेर रकम दिने परीक्षार्थीहरुलाईमात्र उतिर्ण गराइएको ल्याब टेक्निसियनका परीक्षार्थी समेत रहेका गुप्ताले बताउनुभयो । गुप्ताको नाम वैकल्पिक सुचीमा प्रकाशन भएको छ ।

स्वास्थ शाखा प्रमुख जैसवालले कोरोना भाइरस (कोभिड– १९) नियन्त्रण÷रोकथामको नाममा पनि करोडौं अनियमितता गरेको आरोप छ । कलैया उपमहानगरपालिकाको क्वारेन्टाइन र आइसोलेशन संचालनको क्रममा अनियमितता भएको हो । जैसवालले स्थानीय युवाहरुलाई कोरोना नियन्त्रणको नाममा नगरपालिकाले गरेको खर्चको अधुरो विवरण उपलब्ध गराएपछि क्वारेन्टाइन र आइसोलेशन संचालनमा पनि अनियमिता भएको शंका उत्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here