निजगढ,निजगढ ७ स्थित रोहित वर्कशपमा भएको विष्फोटनमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर समितिले आइतवार साँझ निजगढको शहिद चोकमा दिप प्रज्वलन गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर सभापती रामहरी खरेलसहित कार्यकर्ताहरु शहिद चोकमा भेला भएर मृत आत्माको चिरशान्तिको कामनासहित दिप प्रज्वलन गरेका हुन । मृतकको परिवारमा राहत र घाइतेको उपचारमा आर्थिक सहयोग उपलब्ध गराइनेपर्ने माग लेखेको प्ले कार्ड छातीमा टाँसेका उनीहरुले विष्फोटनको घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग पनि गरेका थिए ।

गत हप्ता भएको शंकास्पद बस्तु विष्फोटमा वर्कशप संचालक निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय रेशम मगर, रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ का २० वर्षिय रिपु रजक धोबी र भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो ।त्यसैगरी भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते बनेका थिए । घाइते मध्ये धोबीको हाल वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइते उपचारपछि घर फर्किसकेका छन ।रास्वपाका कार्यकर्ताहरुले गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको चितवनमा भएको मृत्युको घटनामा पनि छानबिन गरी दोषिमाथि कारबाहीको माग पनि गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here