पुष्पराज खतिवडा

मनहर्वा,बुधवारबाट सिमरा– पोखरा र पोखरा–सिमरा उडान सुुरु भएको छ । लामो समयको प्रतिक्षापछि सिमरालाई पर्यटकीय नगरी पोखरासंग हवाइमार्गबाट जोडने उडान सुरु भएको हो । “दिगो पर्यटनका लागि हवाई कनेक्टीभिटी” भन्ने मुल नाराका साथ सिमराबाट पोखरा सिधा उडान सुरु भएको हो ।

पहिलो उडानको उद्धघाटन गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्माले गर्नुभएको थियो । मन्त्री शर्मा सहित १८ जनाको टोली लिएर बुद्ध एयरको ढल्ब्भ्भ् बीच क्राफ्टबाट आन्तरिक पर्यटन प्रवद्र्धधनका लागि पहिलो पटक सिधा उडान भर्दै सिमरा आएको हो ।

जहाज लिएर सिमरा आउनुभएका पर्यटन मन्त्री शर्माले पहिलो उडानको उद्धघाटन गर्दै औद्योगिक क्षेत्र र भारतीय पर्यटकहरुका लागि सिमराबाट पोखरा सिधा उडानले पूर्व क्षेत्रबाट पर्यटकीय नगरी पोखरा जाने आउँनेहरुका लागि सहज भएको बताउनुभयो ।

बुद्ध एयरको जहाजबाट पहिलो पटक १८ सिटे क्षमताको जहाज पोखराबाट सिमरा आएको थियो । सिमरा विमानस्थलमा प्रदेश नम्बर २ का पर्यटन मन्त्री रामनरेश राय यादव सहित उद्योग पर्यटन र सामाजिक क्षेत्रका स्थानीयको उपस्थिति रहेको थियो ।

हप्तामा तीन पटक उडान तालिका बनाएको बुद्ध एयरले आईतवार, बुधवार र शुक्रबार दिउँसो १ः१५ बजे उडान भर्ने जनाएको छ । यात्रुको माग ध्यानमा राखी उडान बढाउन सकिने बुद्ध एयरको सिमरा कार्यालय प्रमुख सुरेश रेग्मीले बताउनुभयो । सिमरा पोखराको टिकट दर ४ हजार सात सय ७०, ५ हजार दुई सय सत्तरी र ७ हजार १७० गरी तीन प्रकारका टिकट दर कायम गरिएको बुद्ध एयरले जनाएको छ ।

यता प्रदेश नम्बर २ का पर्यटन मन्त्री रायले पर्यटकीय स्थल पोखरासँगै अन्य प्रदेशमा पनि हवाई उडान जोड्ने पहल भईरहेको बताउनुभयो । सिमरा पोखरा उडान सुरु भएकोमा प्रदेश २ का पर्यटनकर्मी उत्साहित बनेको पर्यटनकर्मी मोहन शर्मा लामिछानेले बताउनुभयो ।

Leave a Reply