बरियारपुर,बाराको पचरौता नगरपालिका वडा नम्बर १ बाट ३० केजी गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी पिपरपातीबाट सशस्त्र प्रहरी निरीक्षक कमल पन्थीको कमाण्डमा खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको १०१० केजीको ३ पोका अवैध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी दिनुभयो । तयारी गाँजाको पोका बनाई बिहानको समयमा टाउकोमा बोकी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि तस्करहरु गाँजा सोही स्थानमा छाडी फरार भएको उहाँले जानकारी दिनुभयो ।
नेपाल भारत सिमा क्षेत्रमा खेतको बाटो (चोरबाटो) बाट तस्करी भइरहेको सुचना अनुसार बिओपीबाट गएको टोलीले गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक कर्णजीतले सिमा क्षेत्रमा बढेको तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई पैदल, साईकल तथा मोटर साईकल गस्तिमा परिचालन गरेको बताउनुभयो । कोरोना महामारीले बन्द रहेको अवस्थामा सिमा नाकामा हुने तस्करीलाई निस्तेज गरी निगरानी बढाएको उपरीक्षक कर्णजीतल जानकारी दिनुभयो ।