सरकारले अघिल्लो हप्ता तिहारको मौकामा सामाजिक संजाल टिकटकले विकृति फैलाएको भन्दै नेपालमा प्रतिबन्ध लगाउने निर्णय गर्यो । त्यसको आलोचना र प्रशंसा दुबै भइरहेको छ । सामाजिक संजालको सही प्रयोग नभएमा दुरुपयोग हुन्छ नै, टिकटकमा भएको पनि यस्तै हो । त्यसो त फेसबुक लगायतमा पनि यो समस्या छ । यसको नियमन आवश्यक छ । तर बन्द नै गर्नु चाही उचित हो । आजको युगमा सबै सामाजिक संजालहरु बन्द गर्नुको अर्थ हुदैन र शंभव पनि छैन ।
तैपनि विकृति अन्त्यका लागि सरकारले गरेको प्रयास भने ठीकै पनि होला तर यतिले मात्रै हुदैन । यसका लागि नियमन आवश्यक छ । नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दैछ । नेपालमा गणतन्त्र आएको धेरै पनि भएको छैन । गणतन्त्रका लागि धेरैले प्राणको आहुती दिनु परेको छ । गणतन्त्र तुलनात्मक रुमा अब्बल शासन प्रणाली हो । गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने एकथरीको मनोभाव पनि देखिन्छ । जुन एकदमै गलत कुरा हो । नियम र कानुन त सबैलाई लाग्छ नै ।लोकतन्त्र र गणतन्त्र आयो भन्दैमा अराजक गतिविधि गर्ने छुट कसैलाई पनि छैन । अराजक गतिविधि गर्नेलाई सरकारले छाड्न पनि हुन्न । विरोध गर्न पाउने, प्रदर्शन गर्न पाउने अधिकार लोकतन्त्रमा भएपनि अराजक भएर व्यवस्थाकै विरोधमा कार्यक्रम गर्ने छुटको अर्थ हुदैन । तर लोकतन्त्र र गणतन्त्रको धज्जी उडाउने गरी केही व्यक्तिहरुले अहिले संचालन गरिरहेको अराजक क्रियाकलापमा सरकार किन मौन छ भन्नेमा पनि गम्भीर प्रश्न उब्जिएको छ । सरकारले यस्ता समूहको संरक्षण होइन, पहिचान गरेर तत्काल कारबाही नगरे यस्तो अराजकताले देशमा संस्थागत हुने मौका पाउने छ ।

Leave a Reply