हेटौंडा – मकवानपुरमा लकडाउनको उलंघन गर्ने सवारीका साधनलाई प्रहरीले दिनहुँ नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा पनि सवारीका साधन चलाएको भन्दै मकवानपुरको हेटौंडा लगायत विभीन्न स्थानीय तहबाट प्रहरीले सवारीका साधन नियन्त्रणमा लिएको हो । बिशेषगरी सवै भन्दा वडी हेटौंडाबाट सवारीका साधन नियन्त्रणमा लिइएको छ ।

 

 

 

 

 

लकडाउनको २३ औं दिनसम्म प्रहरीले एक हजार ३ सय ४९ वटा सवारीकास साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । यो अवधिमा सबै भन्दा वडी मोटरसाइकल, कार, अटो, मयुरी, ट्याक्टर लगायतका सवारीका साधन नियन्त्रणमा लिइएको हो ।

 

 

 

लकडाउनको उलंघन गर्दै सडकमा निस्कने ९५ जनालाई नियन्त्रणमा लिएर छाडिएको उहाँले वताउनुभयो । लकडाउनको समयमा सडकमा निस्केको भन्दै नियन्त्रणमा लिएर छाडिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here