निजगढ,विजया दशमीको अवसरमा निजगढ ७ स्थित चौतारा युवा क्लबले आयोजना गरेको निजगढ नगरस्तरीय खुल्ला भेटा«न कप फुटबल प्रतियोगिता अन्तर्गतको बिहीवार भएको २ वटा खेलमा आयोजक र युनिक भेट्रान्स खैरवा विजयी भएका छन ।

पहिलो खेलमा युनिक भेट्रान्सले टाँगियाबस्तिको ओझेल भेट्रानलाई ७÷० को फराकिलो अन्तरमा पाखा लगाएको हो भने दोस्रो खेलमा चौतारा युवा क्लबले रतनपुर भेट्रान विरुद्ध २÷० को जित निकालेको थियो ।
चौताराको लागि खेलको पहिलो मिनेटमा नै गोल गरेका शेखर लामाले मध्यान्तर अघि नै दोस्रो गोल गरेर टिमको जित निश्चित पारेका थिए । पहिलो खेलको म्यान अप दि म्याच युनिक भेट्रान्सका आश्माप्रसाद चौधरीले पाएका छन् भने दोश्रो खेलको म्यान अप दि म्याच चौतारा भेट्रान्सका शेखर लोप्चनले पाए । उनीहरुलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले ट्रफी प्रदान गर्नुभएको थियो । शुक्रवारको खेलमा डुमरवाना भेट्रान्स बारा विरुद्ध न्यु जनजागृती भेट्रान्स सिमरा भिड्न् छ ।
नेत्रोदय माध्यामिक विद्यालयको प्रांगणमा संचालन भएको खेलमा ११ वटा टीमको सहभागिता रहेको छ । खेलमा प्रथम हुने टीमले नगद ३० हजार नगद सहित मेडल र ट्रफी पाउनेछन भने दोश्रो हुने टीमले २० हजार नगद मेडल र ट्रफी पाउने आयोजक चौतारा भेट्रान्स खेल समितिका अध्यक्ष दिलबहादुर पुलामीले जानकारी दिनुभएको छ ।प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । यसअघि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले प्रतियोगिताको उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया लामालगायतको उपस्थिति रहेको आयोजक क्लबका अध्यक्ष दिलबहादुर पुलामी मगरले जानकारी दिनुभयो ।

Leave a Reply