मनोजकुमार शाह
जीतपुर,ईलाका प्रशासन कार्यालय सिमराले गत आर्थिक वर्ष २०८१-०८२ मा ९ हजार ४ सय ४० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।ईलाका प्रशासन कार्यालय सिमरा बाराले सो आर्थिक वर्षमा ७९-८० मा ९ हजार ४ सय ४० जना नेपाली नागरिकलाई नागरिकता प्रमाणपत्र वितरण गरेको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीले जानकारी दिनुभयो । आर्थिक वर्ष ०८१-०८२ को साउन र भदौ महिनामा ११ सय जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको पनि कार्यालय प्रमुख गिरीले जानकारी दिनुभयो ।
कार्यालयले नागरिकताको प्रमाणपत्रका साथै राष्ट्रिय परिचयपत्र पनि वितरण गर्दै आएको छ ।जिल्ला प्रशासन कार्यालय कलैयाले ईलाका प्रशासन कार्यालय सिमरामार्फत नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्ने कार्य शुरु गरेको लामो समय पूरा भएको छ । उक्त ईलाका प्रशासन कार्यालय सिमराबाट जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाका नागरिकहरुको लागि नागरिकताको प्रमाणपत्र वितरण हुदैआएको छ ।

















