आरके राजन
सिमौनगढ,नेपाल भारत मैत्री संवाद कार्यक्रम शनिवार रौतहटको ईसनाथ नगरपालिका ३ औरैयाको ईशनाथ मन्दिरमा सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी राष्ट्रिय अध्यक्ष एव पूर्वप्रधानमन्त्री माधव नेपालले यस अघिको गठबन्धन सरकार गठबन्धन नभइ नाटक बन्धन रहेको बताउँनुभयो । हालको गठबन्धले आफ्नो अवधि पूरा गरेर स्थायित्व दिने उहाँको दाबी छ ।किसानहरुले मलको अभाव सामना गर्नुपरेको भन्दै उहाँले मलको समस्या समाधान हुने विश्वास दिलाउनुभयो । यो समाधान दीर्घकालीन हुनुपर्नेमा उहाँको जोड छ ।वीरगन्ज महावाणिज्य दूतावासका सीजी नितेश कुमारले भारत–नेपालको बेटी–रोटीको सम्बन्धमा कुनै किसिमको आँच नआउँने बताउँनुभयो । नियमको उल्लघन नभएसम्म सीमामा आवागमनमा समस्या नहुने उहाँको दाबी छ । अवागमनको केही नियम कानुन छ र सो पलना गरिए दुई राष्ट्रबीच समस्या नरहने उहाँले बताउनुभयो ।मिडिया फोर बोर्डर हार्मोनी रौतहट नेपालका अध्यक्ष किशोरी यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल–भारतको सम्बन्ध र सीमा क्षेत्रका समस्याहरुको बारेमा छलफल गरिएको छ ।कार्यक्रमका वक्ताहरुले भारत–नेपाल बेटी–रोटीको सम्बन्ध, निर्वाध आवागमन, भारतीय सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाई दुःख दिने गरेको बताउँनु भएको छ ।कार्यक्रममा रौतहट, बारा र भारतका ३५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्वमन्त्री अनिल झा, रेवन्त झा, प्रोफेसर राज कुमार, सुर्य यादव, अमरेश तिवारी लगायतले आफ्नो विचार राख्नुभएको थियो ।
















