आरके राजन
सिम्रौनगढ,दुर्गा पूजाको अवसरमा नवरात्रीको पहिलो दिन बाराको सिम्रौनगढ नगरपालिकाका विभिन्न दुर्गा पण्डालबाट बिहीवार जल शोभा यात्रा निकालिएको छ ।सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ दुर्गा पण्डाल, सिम्रौनगढ ७ कन्काली दुर्गा पण्डाल र वडा नम्बर २ अमृतगन्जस्थित दुर्गा पण्डालबाट जल शोभा यात्रा निकालिएको हो ।सो अवसरमा कुमारी कन्या, महिला तथा पुरुष भक्तजनहरुले सिम्रौनगढ कन्काली ईसरा पोखरीबाट जल भरेर आआफ्नो पायक पर्ने पण्डालहरुमा पुर्याएर विधिवत रुपमा पूजा पाठ गरि घटस्थापन गरेका छन ।

Leave a Reply