सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।बुधवार बसेको नगरको १२औं नगरसभामा उपप्रमुख भोलाप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक समावेशीतामा विशेष प्राथमिकता दिइएको छ ।
‘आत्मनिर्भर, सक्षम एवं जनमुखी स्थानीय सरकार, समृद्ध र सुशासनयुक्त जीतपुरसिमरा’ भन्ने नारासहित बजेटले समावेशी विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेको छ ।उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बैंक मौज्दातसहित ४७ करोड ४ लाख २३ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएको छ । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष, समपुरक तथा अन्य अनुदानमार्फत बाँकी रकम जुटाइनेछ ।समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, संघीय सरकारबाट ५६ करोड ८१ लाख ७७ हजार र विशेष अनुदानबाट १ करोड ९३ लाख रुपैयाँको अनुमान गरिएको छ ।

त्यस्तै, पालिकाले राजस्व बाँडफाँड, मालपोत, रजिष्ट्रेशन, विज्ञापन कर तथा निर्माण सामग्री लगायतबाट ५२ करोड ७४ लाख रुपैयाँको आम्दानी अनुमान गरेको छ ।बैठकमा नगर प्रमुख राजन पौडेलले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।त्यसअघि नगरसभाको सुरुवातमा दलीय प्रतिनिधित्व गर्दै नेकपा एमालेका वडा अध्यक्ष हरिदेव खरेल, नेपाली कांग्रेसका चतुरबाबु वाग्ले, माओवादी केन्द्रका रामप्रसाद लामिछाने, जसपा र लोसपाका मोतिलाल कुशवाहा र संजय पटेलले मन्तव्य राखेका थिए

Leave a Reply