पोखरिया,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर– ४ पथलवाघाटमा मंगलवार राती राष्ट्रिय निकुञ्जको वन क्षेत्रबाट आएको हात्तीको बथानले स्थानीय ५ जना दलितको घर भत्काएको छ ।राती २ बजे जंगलबाट आएको हात्तीको बथनले स्थानीय मेघनाथ राम, राजदेव राम, दसै राम, आसा माझी, गणेश मुसहर र बिश्वानाथ मुसहर गरी ५ जनाको घर भत्काएको हो । साथै हात्तीले स्थानीयको घरमा रहेको धान, चामल र खाद्यान्नहरु खाएर नष्ट पारेको छ ।हात्ती भगाउन सहयोगको लागि वन कार्यालयका कर्मचारी र प्रहरी चौकीका प्रहरीलाई बारम्बार खबर गर्दा पनि सुरक्षाकर्मीले सहयोग नगरेको स्थानीयले गुनासो गरेका छन । आफूहरुले आगो बालेर र पटका पटकाएर हात्ती धपाएको स्थानीय वीरबहादुर रामले जानकारी दिनुभएको छ ।

Leave a Reply