बारा,साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराको २२औं बार्षिक साधारणसभाको अवसरमा बुधवार कार्यक्रम परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको मिदास अस्पतालसँगको समन्वयमा शिविर आयोजना गरिएको थियो । उक्त शिविरको आयोजक समेत रहेको मिदास अस्पतालका संचालक डा. प्रतिक दासका अनुसार शिविरमा २६५ जनाको स्वास्थ परीक्षण गरी निःशुल्क औषधी समेत प्रदान गरिएको थियो ।

शिविरमा स्वस्थ परीक्षण गर्ने अधिकांशमा सुगर, प्रेसर, ग्यास्टीक र छाला सम्बन्धी समस्या पाईएको डा. दासले जानकारी दिनुभयो ।शिविरमा डा. दाससहित डा. शसिकुमार, डा. सरोज कुशवाह, डा. विकास लामा र डा.सुरेश यादव टिमले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

















