बारा,
पुष्पराज खतिवडा
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको २२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।बुधबार कलैया उपमहानगरपालिका वडा नम्बर २ स्थित अमर मावि दोहरीमा सम्पन्न सभाले नयनकला खड्को अध्यक्षतामा १३ सदस्य संचालक समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा श्यामता कुमारी र सदस्यहरुमा विनिता गौतम्, सुभद्रा देवी भण्डारी, तिलेसरी थरुनी, संचराम थिङ्ग, चम्पा देवी,चुनपती देवी राउत कुर्मी, सिला चौधरी, सबनम चौधरी,रजनी कुमारी देवी चमैन ,सोनम कुमारी मण्डल र नन्दनी चौधरी निर्वाचित भएका हुन् ।
यस्तै सुनिता सापकोटाको संयोजकत्व सविता चौधरी र सन्जुकुमारी कुशवाह सम्मीलित ३ सदस्य लेखा सुपरिवेक्षण समिति पनि गठन गरिएको छ ।यसैगरी सभाबाट उत्तरझिंटकैया, कलैया र महेशपुर सेवाकेन्द्र उपसमिति समेत गठन गरिएको संस्थाकी नवनिर्वाचित अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।
सभाको अवसरमा संस्थामा उत्कृष्ट ऋण तथा बचत कारोबार गर्ने त्यस्तै दुध उन्पादक र कृषि कार्यक्रममा सक्रिय सहभागी १४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । ३ हजार ३ सय ४८ जना सदस्यका विचमा करिब ७० करोडको कारोबार गर्दै आएको संस्थाको बार्षिक साधारणसभाले गत आर्थिक वर्ष ०८०।८१को मुनाफाबाट शेयर सदस्यलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ भने योगदानका आधारमा संरक्षित पूजी फिर्ता कोषबाट समेत रकम वितरण गर्ने निर्णय गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।यसअघि बार्षिक साधारणसभाको उद्धाटन संघीय सांसद एवं पूर्वकृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले उद्धघान गर्नुभएको थियो । प्रमुख अतिथि पूर्वमन्त्री साहले जनअपेक्षा पुरा गर्नेगरी पदमा बस्न नपाउँदा धेरै विषय समाधान गर्न नपाएको बताउनुभयो ।
१३ दिन ४२ दिन र ३ महिना कृषि मन्त्री हुँदा धेरै गर्न नसकिएको उहाँको भनाई थियो । यद्यपि दुध र उखुको बाँकी रकम भुक्तानीमा सहजीकरण गर्ने, आगामी दश वर्षलाई कृषि दशक घोषणा गर्ने कार्य गरेको बताउनुभयो । मन्त्री साहले गत ११ देखि १३ गतेको बर्षा र बाढीले ठुलो जनधनको क्षेती गरेको सन्दर्भ केलाउँदै यसबाट किसानमा पर्न गएको असर ब्यवस्थापन र राहतका लागि आफुले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साह, साना किसान कृषि सहकारी संस्था लि.डुमरवानाका अध्यक्ष प्रदिप सिंह बराल, ईनर्वासिराका अध्यक्ष संजिला खातुन, प्रबन्धक झपेन्द्रराज बराल, भोेक्षडहाका अध्यक्ष विन्दा सिंह, सामाजिक अगुवा पुनदेव प्रसाद रौनियार लगायतको सहभागिता रहेको थियो ।सभाले अध्यक्षको संस्थागत बार्षिक प्रतिवेदन, लेखा शुपरिवेक्षण समितिको आन्तरिक लेखा सुपरीवेक्षण प्रतिवेदन तथा संस्थाका मुख्य प्रबन्धकले सभामा पेश गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
कार्यक्रम अध्यक्ष नयनकला खड्काको अध्यक्षता, उपाध्यक्ष फूलकुमारी बस्नेतको स्वागत र संचारकर्मी अनिलकुमार यादव र संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।



















