कलैया,नेकपा एमाले बारा जिल्ला कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले मंगलवार एक समारोहबीच पद तथा गोपनियताको सपथ लिएका छन । गत महिना सम्पन्न भएको १० औं जिल्ला अधिवेशनबाट चुनिएका पदाधिकारी र सदस्यहरुले मंगलवार दिउसो निर्माण व्यवसायी संघ बाराको सभाहल कलैयामा सपथ लिएका हुन ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष विनोद साहलाई जिल्ला अधिवेशन निर्वाचन समितिका संयोजक रफिक अन्सारीले सपथ गराएपछि अध्यक्ष साहले अन्य पदाधिकारी र सदस्यहरुलाई सामुहिक रुपमा पार्टीको निति सिद्धान्त र गोपनियताको सपथ खुवाउनु भएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका निर्वाचत पालिका अध्यक्षहरुलाई पनि सपथ गराइएको थियो । एमाले पार्टीको नयाँ विधानअनुसार पालिकाको अध्यक्ष जिल्ला कमिटिमा पदेन सदस्य हुने व्यवस्था छ ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वाला साह, केन्द्रीय कमिटी सदस्य एंव बारा जिल्ला ईन्चार्ज बलवीर चौधरी, केन्द्रीय सदस्य सरस्वती चौधरी, अमर लामालगायत नेताहरुले सरकारले हालै घोषणा गरेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।

Leave a Reply