आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका– ७ स्थित बारा उद्योग वाणिज्य संघ सिम्रौनगढको सभा कक्षमा सुरक्षा तथा न्याय कार्यक्रम (एसजेपी) पोलिसिङ्ग कम्पोनेन्ट सम्पन्न भएको छ ।वडास्तरीय सरोकारवालाहरुसंग समस्या पहिचान गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा समुदायमा प्रहरीको भुमिका, अपराधिक गतिविधि, असमाजिक गतिविधिको अवस्था र नियन्त्रणको लागि भएका प्रयासहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरुको धारणा र सुझाव लिखित रुपमा लिइनुको साथै व्यक्तिगत तथा समूहगत तथ्याङ्ग संकलन र सोको प्रस्तुतीकरण पनि गरिएको थियो ।
युएनओपीएसको आयोजना र युके ईन्टरनेशनल डेभलोपमेन्टको सहयोगमा भएको सो कार्यक्रममा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का महिला एवंम पुरुषहरुको सहभागिता रहेको थियो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विवेक मेहता र वडा नम्बर १ का वडा नम्बर अध्यक्ष दिनदयाल प्रसाद मुखिया तथा ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई को उपस्थितिमा भएको सो कार्यक्रमको सहजीकरण युएनओपीएसकी प्रमुख मीरा चौधरी, सारा अक्सपेन्ट्का सन्तोष खतिवडा, आलोक ठाकुर, तथ्याङ्क अधिकृत संरचना शाक्यले गर्नुभएको थियो ।

Leave a Reply