डुमरवाना,नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले भूमिहिन सुकुम्बासी आयोग गठन भएको एक दशक बितिसक्दा पनि सुकुम्बासीहरुले अझै पनि जग्गाधनी पुर्जा पाउन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।भूमिहिन,अव्यवस्थित र सुकुम्बासीहरुको लागि निस्सा वितरण गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ ले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले नेता पौडेलले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।कार्यक्रममा नगर प्रमुख राजन पौडेलले नगरपालिकाले धेरै वडाहरुमा निस्सा वितरण गरिरहेको र आगामी दिनहरुमा विवादरहित ढंङ्गले कार्य गर्न सुझाव दिनुभएको छ ।मधेस प्रदेश सभा सदस्य मन्जु थापा मगरले लालपुर्जाको निस्सा प्राप्त गर्दा भोग चलनको आधारमा विवाद नगरी काम गर्नु पर्ने जनाउनुभएको छ । वडा अध्यक्ष चयन गुरुङ्गले हाल वितरण गरिएको ५ सय ५० जग्गाधनी पुर्जाको निस्सा वितरणमा ढिलाइ भएपनि अबको १५ दिनभित्र कार्य संम्पादन गरिने बताउनुभएको छ ।

Leave a Reply