बीरगंज २ कार्तिक ।
बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको विशेष पहलमा बीरगंजको केन्द्र विन्दुमा रहेको हजारीमल धर्मशालाको झण्डै ५ का खाली जग्गामा बुधवारबाट पार्कि· सेवा सुचारु गरिएको छ ।
वीरगंज नगर क्षेत्रको मेन रोडमा पार्कि· स्थल नहुंदा सडकमै सवारी साधन पार्क गर्नु पर्ने बाध्यताको कारण मेनरोडको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गई रहेको अवस्थामा भूमाफियाहरुको चलखेलको कारण झण्डै १ अर्ब भन्दा बढी मुल्यको हजारीमल धर्मशालाको जग्गामा पार्कि· स्थल बनाएसंगै आजबाट ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीको टोलीले सडकमा पार्क गर्न खोज्ने सवारी साधनलाई धर्मशाला परिसर भित्रको खाली जग्गामा पार्कि· गर्न पठाएका छन ।
जिर्ण अवस्थामा रहेको हजारीमल धर्मशाला भत्काएसंगै खाली भएको सो जग्गामा ग्रिन सिटी सामुदायिक केन्द्र र हजारीमल सेवा ट्रष्ट विच सो क्षेत्रमा सशुल्क पार्कि· गर्ने सम्बन्धमा मंगलबार राति सहमति भएसंगै आजबाट पार्कि· सेवा सुरु गरिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनु भयो ।
सशुल्क पार्कि·बाट प्राप्त हुने आम्दानीले पार्कि·मा कार्यरत कर्मचारी तथा प्रशासनिक खर्च कटौती गरी बांकी रहेको रकम हजारीमल सेवा ट्रष्टको सहमतिमा सामाजिक कार्यमा खर्च गर्ने, सो जग्गामा कुनै किसिमको अवैध गतिविधि हुन नदिने सम्बन्धमा सहमति भएको छ ।
सहमति पत्रमा हजारीमल सेवा ट्रष्टका तर्फबाट नारायण अग्रवाल र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको तर्फबाट जय प्रकाश खेतानले हस्ताक्षर गर्नु भएको छ ।
वीरगंज महानगरपालिकाको वडा नम्बर ७ मा पर्ने १ हजार ५ सय ७६ वर्गमिटर खाली जग्गालाई महानगरले ग्रिन सिटीको सहयोगमा पार्कि· स्थल बनाएसंगै अब वीरगंजको मेनरोडको ट्राफिक जाममा समेत केही हद सम्म सहज हुने नगर प्रमुख राजेशमान सिंहले बताउनु भयो ।
वीरगंज महानगरपालिकाले नगर क्षेत्रको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले घण्टाघर, हजारीमल धर्मशालाको जग्गा आदर्शनगरको पुरानो बस पार्क र मालपोत कार्यालय अगाडीको महानगरको सार्वजनिक जग्गामा पार्कि·को सुविधा पुर्याउदै आएको छ । हाललाई हजारीमल धर्मशाला परिसर भित्र निःशुल्क पार्कि·को व्यवस्था गरिए पनि छठ पर्व पछि आपसी समन्वयमा पार्कि·को दर रेट तय गरी शुल्क उठाईने ग्रिन सिटी केन्द्रका अध्यक्ष खेतानले बताउनु भयो