नरेश गुप्ता
बरियारपुर – बाराको प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेलको बुधबार विभिन्न संघ संस्थाहरुको तर्फबाट बिदाई गरिएको छ । बिगत ६ महिना देखि बारा जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आउनु भएका प्रजिअ पोख्रेलको सरुवा ग्रह मन्त्रालयमा भएको छ । अब बारामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिन रुद्र प्रसाद पंण्डित आउने भएका छन् ।
जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्न प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेलले धेरै कम समयमा बारा जिल्लाबांसिको अपार माया ममता पाईसकेको कुरा सर्वबिददै छ । कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादवको प्रमुख अतिथियमा सम्पन्न भएको बिदाई समारोहलाई सम्बोधन गर्दै प्रजिअ पोख्रेलले बारा जिल्लाबांसिले दिएको स्नेह , समान आफू कहिल्यै नबिर्सने बताउनु भयो ।
बारा जिल्लाको शान्ति सुरक्षा , सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यक्रममा गरिएको सहयोग , सिमा नाकामा अतिक्रमण भएको जग्गा , कोरोना भाईरस बाट वचन हेल्थ डेस्क स्थापना लगायतको कार्यक्रमहरुमा प्रजिअ पोख्रेलको ठुलो भुमिका रहेको छ । त्यसैगरी विश्व प्रसिद पंचबर्षिय गढीमाई मेलालाई बिवादिद हुनबाट बचाउन सहमतिमा मेला लगाउन खेलेको भुमिका पनि एतिहासिक रहेको ठम्याइ बुढिजिविहरुको रहेको छन् ।
विश्व प्रसिद गढीमाई मेलालाई ब्यवस्थापन ,शान्ति सुरक्षा कायम गर्न प्रजिअ पोख्रेलले खेलेको ठूलो भुमिकालाई जिल्लाबांसिको तर्फबाट एतिहासिक कामको सराहना गरिएको थियो । बुधबार बिहान प्रजिअ पोख्रेलको बिदाई समारोहमा सामुदायिक प्रहरी सेवा केन्द्र , गोपाल सेवा समिती , जिल्ला महिला संन्जाल बारा , दलित उत्थान केन्द्र बारा , ब्राईट लैन्ड ईग्लिस स्कुल ,नेपाल प्रहरीको प्रमुख कृष्ण पंगेनी , सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदी लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी कलैया उपमहानगर पालिकाको आयोजना पनि प्रजिअ फणीन्द्र मणि पोख्रेलको बिदाई कार्यक्रम गरिएको थियो ।