काठमाण्डौ – फिफा महिला विश्वकप फुटबल २०२३ मा क्यानडाले आयरल्यान्डलाई हराएको छ ।बुधवार अस्ट्रेलियाको मेलबर्नमा भएको खेलमा क्यानडाले आयरल्यान्डालाई २–१ गोलले हरायो । क्यानडाका एड्रियाना लियोनले एक गोल गरिन् भने एक गोल क्यानडाले आत्मघाती उपहार पायो । आयरल्यान्डका लागि केटी म्याककेबले सान्त्वना गोल गरिन् ।बुधवारको जितसँगै क्यानडा २ खेलमा ४ अङ्कका साथ समूह ’बी’ को शीर्ष स्थानमा पुगेको छ । दुवै खेल हारेको आयरल्यान्ड पुछारमा छ ।बुधवार नै न्युजिल्यान्डको इडेन पार्कमा भएको समूह ’सी’ को खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले हराएको छ । यही समूहको अर्काे खेलमा जापानले कोस्टारिकालाई २–० गोलले हराएको छ ।आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।


















