वीरगञ्ज,अनुमतिबिना तेजाबको प्रयोग तथा बिक्री वितरणमा पर्सा जिल्लामा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी अनुमतिबेगर तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको हो ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको बिक्री तथा प्रयोग गर्नुपरे जिल्ला प्रशासनको अनुमति लिएर गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।‘तेजाव वा घातक रसायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले प्रयोग अनमुति लिई मात्र प्रयोग गर्नुपर्ने व्यवस्था बमोजिम यस कार्यालयबाट बिक्री÷प्रयोग अनुमति लिई कारोबार गर्न गराउनु हुन जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा भनिएको छ ।

















