प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाउँमा संबोधन गरे । संबोधनका क्रममा प्रधानमन्त्रीले मुलुकमा फैलिन सक्ने संभावित कोरोना भइरसका बिषयमा देशवासीको ध्यान आकर्षित गरेका छन् । उनले संभावित महामारी नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट चासो दिनुपर्नेमा पनि जोड दिएका छन् । सबै देशवासीले सावधानी अपनाउनु पर्नेमा पनि उनको सुझाव छ ।

 

 

 

 

यो सँगै सरकारले केही निर्णय पनि गरेको छ । नेपालमा कोराना भित्रीहालेको नभएपनि सावधानी अपनाउन आवश्यक छ । कोरानाको कहर नियन्त्रणका लागि सरकारले अपनाएको पूर्व तयारीहरु अझै प्रर्याप्त छैन । खासगरी बारा र पर्सा क्षेत्रको सीमा नाका बन्द गर्न आवश्यक छ । सीमा नाकामा सावधानी अपनाउन सकिएन भने यसले ठूलो क्षति निम्ताउने छ ।

 

 

 

 

त्यसैले सरकारले चालेका कदमहरुको आम नागरिकहरुले साथ दिन आवश्यक छ । नागरिकहरुले सर्तकता अपनाउन आवश्यक छ । सरकारी अभियानलाई नागरिकहरुले अहिले यस्तै बिपतको बेला साथ दिने हो । अब नेपाललाई भारतबाट नै जोगाउन पर्ने छ ।

Leave a Reply