पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले उपनगरपालिकामा दशैपछि विशेष नगर सभाको आयोजना गरिने बताउनुभएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवास्थित शान्ति पार्कमा बिहीवार विहान संविधान दिवसको उपलक्ष्यमा आयोजित झण्डोत्तोलन कार्यक्रममा बोल्दै वडा अध्यक्ष खरेलले सो कुरा बताउनुभएको हो । विभिन्न विवादले उपमहानगरपालिका अहिले लयमा नभएकोभन्दै उहाँले दशैंपछि विशेष नगरसभाको आयोजना गरी नगरलाई सही बाटोमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

ब्रह्माकमारीज शान्ति प्रतिष्ठान पिलुवाको आयोजनामा भएको सो कार्यक्रममाशान्ति पार्कमा नेपाली राष्ट्रिय झण्डा फहराईएको हो ।शान्ति प्रतिष्ठानले संविधान दिवसका दिन आयोजना गर्दै आएको कार्यक्रमको यस वर्ष सोही वडाका अध्यक्ष हरिदेव खरेलले उद्धाटनसँगै झण्डोत्तोलन गर्नुभएको थियो । उक्त अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिसमेत रहनु भएका वडा अध्यक्ष खरेलले पिलुवामा निर्मित शान्ति पार्क यसक्षेत्रकै गौरवको रुपमा रहेको बताउनुभयो । ‘यो पार्क यस क्षेत्रकै गौरव हो, उहाँले भन्नुभयो यसको संरक्षण गर्ने दायित्व हामी सबैको हो ।’ उहाँले पार्कमा कुनै पनि किसिमका असमाजिक गतिविधि हुननदिन आवश्यक सहयोग र सहकार्य गर्न आफु तयार रहेको पनि बताउनुभयो । उहाँले प्रतिष्ठानका लागि आवश्यक कम्प्युटर, प्रिन्टर तथा फोटोकपी मेसिनलगायतका अफिसियल अत्यावश्यक सामाग्री सहयोग गर्ने बताउनुभयो । उहाँलेसबैका लागि खुल्ला रहेको शान्ति पार्कमा केही बाहिरी व्यक्तिले असमाजिक गतिविधि गर्न थालेपछि हालको लागि प्रवेशमा रोक लगाइको प्रतिष्ठाका संयोजक पार्वती वहनजीले बताउनुभयो ।

कार्यक्रममा ब्रह्माकुमारीज यातायात प्रभाग राष्ट्रिय संयोजक गुणराज लामिछाले, राष्ट्र निर्माण र संचालनमा संविधान महत्वपूर्ण भएजस्तै मानिसलाई सफल बन्न शारीरिक र मानसिक स्वस्थ्यका लागि सामाजिक संबिधानका रुपमा ईश्वरीय ज्ञानलाई अपनाउन जरुरी रहेको बताउनुभयो ।
शारिरिक र मानसिक रुपमा स्वस्थ्य मानिसबाट मात्रै स्वस्थ देशको परिकल्पना हुने भन्दै उहाँले योग साधानालाई जीवनको संबिधान बनाउनु पर्ने बताउनुभयो ।
यस्तै डुमरवाना क्याम्पस संचालक समितिका अध्यक्ष अनिल मैनालीले नेपालको वर्तमान संबिधानले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्थामा नेताहरुले कमजोरीले परिवर्तन नआएको बताउनुभयो । उहाँले संबिधान जतिसुकै राम्रो लेखिए वा भनिए पनि यसको कार्यान्वयन पक्षलाई हेर्दाले हिजोका शासकहरुकोभन्दा यसमा कुनै फरक नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
यसैगरी डुमरवाना क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटीले पिलुवामा ब्रह्माकमारीज शान्ति प्रतिष्ठान स्थापना र व्यवस्थापनका कठिनाई सम्झँदै आजपनि यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।नेपालको वर्तमान संबिधान नेपाली जनताले बनाएको पहिलो संविधान भएकाले समय सापेक्ष सुधार गर्दे जनमैत्री ढंगबाट शासन संचालनमा जनताले नेतृत्वलाई समय समयमा घच्घच्याउनु पर्ने बताउनुभयो ।कार्यक्रमा स्थानीय सामाजिक अगुवा केदार भारती, माधवप्रसाद मैनाली, सुरेन्द्र कर्ण, विष्णु ढकाल,कुमारप्रसाद तिमल्सिना, शसस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेल लगायत स्थानीयको सहभागिता रहेको थियो ।ब्रह्माकुमारीज ईश्वरीय विश्वविद्यालय अन्तगत रौतहट जिल्ला ईन्चार्ज जमुना दिदीको अध्यक्षता र ब्रह्माकुमारी गोमा बहनजीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply