काठमाडौँ। रुवान्डामा जारी ICC Women’s T20 Challenge Trophy अन्तर्गत नेपालले भानुअतुविरुद्ध शानदार जित दर्ता गरेको छ। नेपालले ८३ रनको फराकिलो अन्तरले जित निकाल्दै प्रतियोगितामा मजबुत पुनरागमन गरेको हो।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको भानुअतु १६.४ ओभरमै अलआउट हुँदै ४९ रनमा सीमित भयो।

नेपालको जितमा कविता कुँवर नायिका बनिन्। उनले ह्याट्रिकसहित कुल ६ विकेट लिँदै भानुअतुको ब्याटिङ लाइन ध्वस्त पारिन्। त्यस्तै Pooja MahatoRachana Kumari Chaudhary ले समान २–२ विकेट लिए।

भानुअतुतर्फ भलेन्ता लानगिअटुले १४ रन बनाउँदा नासिमना नभाइकाले ११ रन जोडिन्। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा १३२ रन बनाएको थियो। नेपालका लागि Samjhana Khadka ले ५२ रनको अर्धशतकीय पारी खेलिन्। कप्तान Indu Barma ले ४३ रन बनाउँदा पूजा महतोले १९ रन थपिन्।

भानुअतुतर्फ कप्तान रचेल आन्द्रिउ, नथाइल काकोर र नासिमना नभाइकाले समान एक–एक विकेट लिए।

यस जितसँगै नेपालले अघिल्लो भेटमा भानुअतुसँग बेहोरेको २२ रनको हारको बदला लिएको छ। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि इटालीसँग प्रतिस्पर्धा गर्नेछ

Leave a Reply